सहयोग रकमको चेक ग्रहण गर्नुहुँदै पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे (बायाँ) ।

हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि सहयोग रकम प्राप्त भएको छ । नेपाली सेनाको लेफ्टीनेन्ट कर्णेल श्याम आत्रेय पौडेलले पिप्ले युवा क्लबका सदस्य नितेश लामिछानेमार्फत १० हजार रुपैयाँ नगद सहयोग गर्नु भएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।

यसअघि आजै हेटौंडा–५, पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्ड हल निर्माणका लागि ३५ हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको थियो । मनकामना केवलकारका सञ्चालक, ईन्जिनियर दिल्लीनारायण कायस्थले २५ हजार रुपैयाँ र उहाँकी श्रीमति बैंकिङ क्षेत्रमा आबद्ध माया श्रेष्ठ (कायस्थ) ले १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । पिप्ले युवा क्लबले निर्माण गरिरहेको कभर्ड हलका लागि दैनिकजसो सहयोग प्राप्त भइरहेको छ । बहुउपयोगी कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब रंगरोगन, विद्युतीय वायरिङ, फल सिलिङ, झ्याल हाल्ने लगायतका काम बाँकी रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।