सपथग्रहण गराइँदै ।

हेटौंडाः बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदाधिकारी नियुक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिष्ठानको रजिष्टारमा राजेश प्रसाई, रेक्टरमा डा. सतिश देव, निर्देशकमा डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गर्नुभएको हो ।

प्रतिष्ठानका कुलपति एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, सहकुलपति एवम् सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा प्रतिष्ठानका उपकुलपति प्राडा जोशीले आजै रजिष्टार, रेक्टर, निर्देशक र संयोजकलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ । सपथग्रहण गराउने कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।