Home खेलकुद प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेटः मकवानपुरले प्रस्तुत गर्यो १३१ रनको लक्ष्य

प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेटः मकवानपुरले प्रस्तुत गर्यो १३१ रनको लक्ष्य

हेटौँडाः पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता मकवानपुरले काठमाडौंलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर व्याटिङ रोजेको मकवानपुरले १ सय ३० बनाएको छ । मकवानपुर ३१ दशमलव २ ओभरमा १ सय ३० रनमा अलआउट भएको हो । मकवानपुरका लागि सक्षम बस्टाकोटीले सर्वाधिक ४२ रन बनाएको हो । टक्षक सिमखडाले १९ रन र स्वरुप श्रेष्ठले १४ रन जोडेका हुन् । काठमाडौंका संदिप पराजुलीले ४ विकेट र दयानन्द मण्डलले ३ विकेट लिए ।

यी दुई टोलीको प्रतियोगिताको यो दोस्रो खेल हो । यसअघि सोमबार भएको खेलमा काठमाडौंले नुवाकोटलाई ५९ रनले पराजित गरेको थियो भने मंगलबार भएकोे खेलमा मकवानपुर भक्तपुरसँग ४१ रनले पराजित भएको थियो ।

Exit mobile version