हेटौँडा : सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ बोटेनीमा भर्याङबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीय डम्बर बहादुर राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
राई मंगलबार बेलुका ७ बजेर ३० मिनेटको समयमा घरको भर्याङ चढ्ने क्रममा लडेर टाउको ठोक्किएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
