Home खेलकुद रत्नप्रिय कपबाट हेटौँडा फुटबल एकेडेमी बाहिरियो

रत्नप्रिय कपबाट हेटौँडा फुटबल एकेडेमी बाहिरियो

हेटौँडा फुटबल एकेडेमीको टोली

हेटौँडाः चौथो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिताबाट हेटौँडा फुटबल एकेडेमी बाहिरिएको छ । मंगलबार आयोजक रत्नप्रिय क्लबसँग पराजित भएसँगै हेटौँडा एकेडेमी प्रतियोगिताबाट बाहिरिएको हो ।

हेटौँडा फुटबल एकेडेमी पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित भएको हो । निर्धारित समयको खेल १/१ गोलको बराबरीमा सकिँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा सुरुवाती अग्रता लिएपनि हेटौँडाका टोलीले जित सुरक्षित गर्न सकेन । खेलको पहिलो हाफमा हेटौँडा एकेडेमीकी लमिन बोम्जनले १ गोल गरिन् भने दोस्रो हाफ रत्नप्रिय क्लबकी प्रतिक्षा नेपाली गोल फर्काएकी थिइन् ।

चितवनको रत्ननगर नगरपालिका–९ को रत्नप्रिय क्लबको आयोजनामा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता विजेता टोलीले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सोमबारदेखि सुरु भएको नटआउट प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ ।

Exit mobile version