Home खेलकुद प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट : भक्तपुरसँग मकवानपुर पराजित

प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट : भक्तपुरसँग मकवानपुर पराजित

क्रिश कार्कीलाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरिँदै ।

हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुर पराजित भएको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको आफ्नो पहिलो खेलमा मकवानपुर भक्तपुरसँग ४१ रनले पराजित भएको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा भक्तपुरले पहिले व्याटिङ गर्दै २ सय ४५ रन जोड्यो । भक्तपुरले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । भक्तपुरका लागि रिन्जिन लामाले सर्वाधिक ७८ रन र शिवम् तिवारीले ६१ रन बनाए । बल्लिङमा भक्तपुरका क्याप्टेन क्रिश कार्कीले ३ विकेट, सुवास खत्री र अभिनाश बश्यालले समान २/२ विकेट लिए ।

जवाफी व्याटिङ गरेको मकवानपुरले ४३ ओभरमा २ सय ४ रनमा अलआउट भयो । मकवानपुरका लागि विशाल फुयालले ५३ रन र क्याप्टेन सुमन सुनारले ३१ रनको योगदान गरे । मकवानपुरका लागि रिजन ढकालले ३ विकेट, साकार गजुरेल र विशाल फुयालले समान २/२ विकेट लिए । यसअघि सोमबार भएको पहिलो खेलमा भक्तपुर ललितपुरसँग २३ रनले पराजित भएको थियो ।

Exit mobile version