Home मुख्य समाचार लागूऔषध गाँजासहित मनहरीबाट दुई जना पक्राउ

लागूऔषध गाँजासहित मनहरीबाट दुई जना पक्राउ

फाइल तस्वीर ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान १० बजेर ५० मिनेटको समयमा मनहरी गाउँपालिका–८, सिमपानीमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले देवकोटबाट सिमपानीतर्फ जाँदै गरेको बा प्र ०३–००१ ह २०७६ नम्बरको अटोबाट गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्त सिंह लामा र राक्सिराङ–२ का ३० वर्षीय सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ । प्रहरीले १० वटा पोकामा एकसय ७ किलो ९ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । अटोसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version