सांकेतिक तस्वीर ।

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, गुम्बाचोकमा बसले साइकललाई ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते भएका छन् । शुक्रबार राती १० बजेर २० मिनेटको समयमा वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २१९९ नम्बरको बसले सोही दिशामा बस्तिपुरबाट नेवारपानीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा साइकलयात्री बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–९ का ४५ वर्षीय रामकृष्ण थारु गम्भीर घाइते भएका छन् । हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थारुलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । बस चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ का ३६ वर्षीय सन्तोष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।