हेटौंडाः जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० को दोस्रो दिन आइतबार परियोजना प्रस्तावना लेखन सम्बन्धी तालिम भएको छ । भर्चुअल माध्यमबाट भएको तालिमको उद्घाटन कार्यक्रम जेसीआई हेटौंडाका अध्यक्ष राजदेब बनियाँको सभाध्यक्षता तथा मुख्य प्रशिक्षक डा. वासुप्रसाद सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।

जेसीआई हेटौंडाका वर्ष २००३ का अध्यक्ष समेत रहनुभएका डा. सुवेदीले तालिममा सहजीकरण गर्नुभएको हो । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधान, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष सुशीला पौडेल, जेसीआई हेटौंडाका पूर्वअध्यक्षहरु श्याम पौडेल, गणेशकुमार श्रेष्ठ, दीपकराज मिश्र र अरुण कुमार दाहालको पनि सहभागिता रहेको थियो ।