हेटौंडाः हेटौंडामा आज १ सय ४० स्वाबको नमूना सङ्कलन भएको छ । आज कोरोना सङ्क्रमितको पुनः परीक्षण गर्न ३१ जनाको स्वाबको नमूना सङ्कनल भएको छ भने ९५ जना नयाँ व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको हो ।

त्यस्तै १४ वटा अतिआवश्यक नमूना सङ्कनल गरेर कुल १ सय ४० स्वाबको नमूना परिक्षण गर्न हेटौंडा–१० स्थित, प्रादेशिक कोरोना प्रयोगशालमा पठाइएको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।