Home खेलकुद जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित

जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित

हेटौँडाः मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित भएको छ । आज सोमबारदेखि सुरु हुने भनिएको प्रतियोगिता निर्वाचन आचारसंहिता र सुरक्षा व्यवस्थाका कारण स्थगित गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिनुभयो ।

समितिले आइतबार सूचना जारी गरी अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ । गत माघ २५ गते हेटौँडा–४ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा अध्यक्ष मोक्तानको सभाध्यक्षतामा बसेको बैठकले फागुन ११ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । यो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनोट प्रतियोगिता हो ।

Exit mobile version