हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–५, बसन्तपुरमा रहेको भोजसिद्ध माध्यमिक विद्यालयको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा शुक्रबार भएको रक्तदानमा २३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।










