हेटौँडा : बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई पितृ शोक परेको छ । सोमबार बिहान सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ थकनी स्थित आफ्नै निवासीमा मन्त्री तामाङका पिता श्रीमान तामाङको निधन भएको हो ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका श्रीमान तामाङको ८३ वर्षको उमेरमा निधन भएको हो । मन्त्री तामाङका पिता केही समयदेखि अस्वस्थ रहनुभएको थियो । मस्तिष्क घातबाट पीडित श्रीमान तामाङ नियमित रुपमा चिकित्सकको सम्पर्कमा रहनुभएको थियो । उहाँको तामाङ विधि अनुसार मेलम्ची–४, थकनी स्थित ओख्रेनीचौरमा दाहासंस्कार गरिने मन्त्री तामाङका स्वकीय सचिव दिपेश खनालले जानकारी दिनुभयो ।