रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा ः दुई दिनमा रक्तदान कार्यक्रममा ११६ जनाले रक्तदान गरेका छन् । शुक्रबार र शनिबार छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा ११६ जनाले रक्तदान गरेका हुन् । शनिबार बिहान हुप्राचौरमा ब्रह्मकुमारी युवा प्रभाव हेटौँडाको आयोजनामा भएको बृहत खुल्ला रक्तदानमा ८४ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाकाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

शुक्रबार मनहरी बचत तथा ऋणसहकारी सस्था लिमिटेडको आयोजनामा भएको रक्तदानमा ३२ जनाले रक्तदान गरेका थिए । सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्याक्रमको आयोजना गरेको थियो । अब शुक्रबार मनहरी गाउँपालिका–५ स्थित भोजशिद्ध माविको आयोजनामा रक्तदान कार्यक्रम रहेको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । दैनिकजसो रक्तदान कार्यक्रम भएकाले केन्द्रमा अहिले रगत अभाव नरहेको प्राविधिक सापकोटाले बताउनुभयो ।