हेटौँडा : हेटौँडा–४, स्थित सितल महल चोक नजिक भित्री सडक खण्डमा स्कुटर र सानो हात्तीगाडी ठोक्किँदा दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ८ बजेर २० मिनेटको समयमा ओमभवनबाट सानोपोखरातर्फ जाँदै गरेको ना ५० प ५०४० नम्बरको स्कुटरलाई हुप्राचौरबाट बाइपास रोडतर्फ आउँदै गरेको बा.प्र.०३–००१ च २२५९ नम्बरको सानो हात्तीगाडीले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक हेटौँडा–४ बुद्धपथ बस्ने ५५ वर्षीय घनश्याम सिग्देल र पछाडि सवार २५ वर्षीया सुप्रिया सिग्देल घाइते भएका थिए । घाइते दुवैको मकवानपुर सहकारी अस्पतालमा उपचार भई रहेको छ । हात्तीगाडी चालक हेटौँडा–१२ पदमपोखरी बस्ने २४ वर्षीय सनम लोप्चनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।