रक्तदान गर्दै रक्तदाता

हेटौँडा : सोमबार र मंगलबार छुट्टाछुट्टै भएको रक्तदान कार्याक्रममा ८७ जनाले रक्तदान गरेका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, सोमबार निजगढ–६ मा रहेको श्रीकृष्ण प्रणमी धर्म महोत्सवको आयोजनामा भएको खुल्ला रक्तदान कार्याक्रममा ६४ जनाले रक्तदान गरेका थिए । आगामि दिनमा फागुन १ मनहरी र २ गते हेटौँडामा रक्तदान कार्यक्रम रहेको प्राविधिक सपकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्याक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । दैनिकजसो रक्तदान कार्यक्रम भएकाले केन्द्रमा अहिले रगत अभाव नरहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।