हेटौँडा : झरना साहित्यिक पारिवारको ३२३औं साहित्यिक शृंखला अन्तर्गत बकैया–४ स्थित महेन्द्र माविमा कविता प्रशिक्षण कार्यक्रम भएको छ । झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रुपाखेतीको सभाध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खेम विकको प्रमूख आतिथ्यमा शुक्रबार सम्पन्न कार्यक्रममा झरनाका पूर्वअध्यक्ष उद्धवप्रसाद सापकोटाको आतिथ्य रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा महेन्द्र मावि, बुद्ध मावि, प्रभात मावि, जनक मावि, माटोकोरी आधारभूत विद्यालय, गीतवर आधारभूत विद्यालय र बाघभैरव आधारभूत विद्यालयसहित ८ वटा विद्यालयका १२० भन्दा बढी विद्यार्थी र शिक्षकको सहभागिता रहेको रहेको थियो । लोकलय सम्बन्धी प्रशिक्षण कार्यक्रममा कवि पुरुषोत्तम आचार्यले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रम बकैया–७, अधेरी स्थायी घर भई हाल वैदेशिक रोजगारीमा रहनु भएका समीर भुजेलको प्रायोजनमा प्रशिक्षण कार्यक्रम भएको हो ।










