हेटौँडा : बाटामो रहेको ग्राभेलमा स्कुटर चिप्लेर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । कान्तिलोकपथअन्तर्गत हेटौँडा–७, न्यूरेनीमा मंगलबार हेटौँडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ९७१२ नम्बरको स्कुटर बाटोमा रहेको ग्राभेलमा चिप्ली अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक हेटौँडा–१८, भोर्ले बस्ने ३१ वर्षीय दिपेश घर्ती र पछाडी सवार हर्नामाडी बस्ने ३८ वर्षीय श्याम तिमिल्सिना घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।











