Home मुख्य समाचार एक तला माथिबाट लडेका बागमतीका दिलबहादुरको मृत्यु

एक तला माथिबाट लडेका बागमतीका दिलबहादुरको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : माघ १४ गते आफ्नै घरको एक तला माथिबाट लडेका मकवानपुरको बागमती गाउँपालिका–५, लिलावनका ६४ वर्षीय दिलबहादुर घलानको मृत्यु भएको छ ।

आफ्नै घरको एक तल्लाबाट लडेर घाइते भएका दिलबहादुरलाई उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिकल कलेज लगिएको थियो । माघ १५ गते दिलबहादुरलाई काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो । सोमबार बिहान ५ बजेको समयमा दिलबहादुरको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

Exit mobile version