Home मुख्य समाचार १९ जनाले रक्तदान गरे

१९ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता

हेटौँडा : मकवानपुरको भिमफेदी गाउँपालिका–६ मा रहेको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदानमा १९ जनाले रक्तदान गरेका छन् । मंगलबार संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत रक्तदानको आयोजना भएको रक्तसंचार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

रक्तदान कार्याक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । दैनिक जसो रक्तदान कार्यक्रम भएकाले केन्द्रमा अहिले रक्त अभाव नरहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो । आगामि दिनमा अब २४ गते हेटौँडा–५, पिप्ले स्थित बालज्योति माविको, २५ गते हेटौँडा–८ कमानेमा रहेको आरएन केमिकल, २६ गते निजगढ र २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा रक्तदान हुने प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version