अभिभावक दिवसमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–४ स्थित लिटिल बडी स्कूलमा कक्षा–१ का विद्यार्थीको अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । विद्यालय परिसरमै भएको कार्यक्रममा विद्यार्थीले उद्घोषण, गायन, नृत्य, नाट्य कला प्रस्तुत गरेका थिए ।

लिटिल बडीले कक्षागत अभिभावक दिवस मनाउने गरेको छ । यसअघि युकेजी कक्षाका विद्यार्थीको अभिभावक दिवस आयोजना गरेको थियो । पूर्वप्राथमिक तह र कक्षा–१ को पठनपाठन हुने लिटिल बडी स्कूलमा ३ सय विद्यार्थी अध्ययनरत छन् । लिटिल बडी बेलायतस्थित शैक्षिक संस्था हो । हेटौँडामा फ्रेन्चाइज कम्पनिको रुपमा सञ्चालित लिटिल बडी बीरगन्ज र कीर्तिपुरमा पनि सञ्चालित छ । छिट्टै चितवनमा पनि लिटिल बडी सञ्चालन हुने प्रिन्सीपल युवराज दाहालले जानकारी दिनुभयो ।