भीमफेदी–९, भदौरेमा सोमबार स्वाब सङ्कलन गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज ९४ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । १४ जना कोरोना सङ्क्रमितको पुनः परिक्षण गर्न र अन्य नयाँ व्यक्तिहरुको आज स्वाबको नमूना सङ्कलन गरेर हेटौंडा–१०, स्थित प्रादेशिक प्रयोगशालमा कोरोना परिक्षण गर्न पठाइएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।