Home मुख्य समाचार ४७ थान ब्रेथ फ्रि यन्त्र हस्तान्तरण

४७ थान ब्रेथ फ्रि यन्त्र हस्तान्तरण

हेटौंडाः म्याप इन्टरप्रेनर्स प्रालि का प्रबन्धक निर्देशक मनोज पुरीले ४७ थान ब्रेथ फ्रि यन्त्र हस्तान्तरण गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिकाका कोरोना सङ्क्रमितहरुको श्वास प्रश्वासलाई सहज बनाउन हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतलाई ४७ थान ब्रेथ फ्रि यन्त्र आज हस्तान्तरण गर्नुभएको हो ।

हेटौंडा उपमहानगरपालिकाको परिसरमा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने, कम्पनिका प्रबन्धक अनिल पुरी, कांग्रेस युवा नेताहरु सुनिल अधिकारी, शिव थापा, श्री कृष्ण कर्मचार्य, राम महर्जन, युनाल मल्ल लगायतको उपस्थिती रहेको थियो ।

Exit mobile version