Home मुख्य समाचार प्रदेशमा धेरै कोरोना पहिचान हुने जिल्लामध्ये मकवानपुर चौथो स्थानमा

प्रदेशमा धेरै कोरोना पहिचान हुने जिल्लामध्ये मकवानपुर चौथो स्थानमा

हेटौंडाः बागमती प्रदेशको १३ जिल्लामध्ये धेरै कोरोना भाइरसको सङ्क्रमण पहिचान भएका जिल्लाहरुमध्ये मकवानपुर चौथो स्थानमा छ । मकवानपुर जिल्लामा हालसम्म ४ सय ४ जनामा कोरोना पुष्टि भैसकेको छ । मकवानपुर जिल्लाबाट हालसम्म ४ हजार ८ सय १० स्वाबको नमूना सङ्कलन गरी परिक्षण भएका छन् ।

बागमती प्रदेशमा हिजो सम्म ५ हजार ५ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बागमती प्रदेशको १३ जिल्लामा सबैभन्दा बढी काठमाडौंमा ३ हजार १ सय ८७, ललिपुरमा ५ सय ९, चितवनमा ४ सय ५२, मकवानपुरमा ४ सय ४, भक्तपुरमा ३ सय २५, धादिङमा १ सय ८५, काभ्रेमा १ सय ४८, सिन्धुपाल्चोकमा ९७, नुवाकोटमा ७८, सिन्धुलीमा ६५, रामेछापमा ६०, दोलखानमा ४६ जनामा र रसुवामा सबैभन्दा कम १७ जनामा कोराना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । हिजो बागमती प्रदेशको सामाजिक विकास मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार बागमती प्रदेशमा हालसम्म ३७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Exit mobile version