हेटौँडा : गजल मञ्च मकवानपुरको २३२ औँ नियमित गजल यात्रा सम्पन्न भएको छ । शनिबार बिहान गजल मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
हेटौँडा–४, भैरवरोडस्थित साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपालको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा साहित्यकार चिरञ्जिवी लामिछाने, मिथिला अधिकारी, राजकुमार चौधरी, सुबास सजल, देवराज तिवारी, बिशन पौडेल, केशव समर्पण, सानु खनाल, डिबि बर्तौला, सुजन विश्वर्मा र अनशुया खनालले गजल वाचन गर्नुभएको थियो । साहित्यकार एवम् गजलकारहरुले प्रेरणादायी, राजनीति, प्रेम प्रसङ्ग र हास्यव्यङ्गय गजलहरु वाचन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् गीतकार तुलसी घिमिरे, विशिष्ट अतिथि महाकाव्यकार मुना अर्याल, अतिथिहरु गजल मञ्चका सल्लाहकार मुक्तिगोविन्द वैद्यको उपस्थिति रहेको थियो ।











