हेटौँडा : हेटौँडा–४ स्थित लिटिल बडी प्रि–स्कूलले एलकेजी तहका विद्यार्थीको अभिभावक दिवस मनाएको छ । विद्यालय परिसरमै भएको कार्यक्रममा विद्यार्थीले नृत्य कला प्रस्तुत गरेका थिए ।
बेलायतस्थित लिटिल बडी प्रि–स्कूलको फ्रेन्चाइजको रुपमा नेपालसँगै भारत, बंगलादेश, भुटानसहित १० देशमा लिटिल बडी प्रि–स्कूल सञ्चालनमा रहेको छ । नेपालमै पहिलो पटक हेटौँडामा सञ्चालनमा आएको लिटिल बडी प्रि–स्कूल अहिले बीरगन्ज र कीर्तिपुरमा पनि सञ्चालनमा आएको छ । यही सरस्वती पुजादेखि चितवनमा पनि लिटिल बडी प्रि–स्कूल सञ्चालनमा आउने लिटिल बडी प्रि–स्कूल हेटौँडाका प्रिन्सीपल युवराज दाहालले जानकारी दिनुभयो ।
पूर्वप्राथमिक तहका बालबालिकालाई उचित स्याहार, अन्तर्राष्ट्रियस्तरको शिक्षा र संस्कार प्रदान गर्ने गरी लिटिल बडी हेटौँडाले अभिभावकको सन्तुष्टी रहने गरी काम गरिरहेको र आगामी दिनमा थप आकर्षक कार्यक्रम सञ्चालन गर्ने प्रिन्सीपल दाहालले बताउनुभयो । अभिभावक दिवसमा अभिभावकको उपस्थिति रहेको थियो ।











