हेटौँडा : फागुन २१ गनेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने गरी निर्वाचन प्रहरीमा भर्ना हुनका लागि मकवानपुरमा २ हजार २ सय ६६ जनाले आवेदन दिएका छन् । पूर्वनिर्धारित समयअनुसार माघ १ गते बिहीबारसम्म २ हजार २ सय ६६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आवेदन दिनेमा १ हजार ६ सय २ जना पुरुष र ६ सय ६४ जना महिला छन् । मकवानपुर जिल्लामा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । यता नेपाल प्रहरीले माघ ३ गतेसम्मका लागि आवेदन दिन म्याद थपेको छ ।











