हेटौँडा : हेटौँडा–१७, गैरीगाउँमा एकजना पुरुष मृत फेला परेका छन् ।
स्थानीयका अनुसार अन्दाजी ५० वर्षको पुरुष व्यक्ति मृत फेला परेका हुन् । यस विषयमा प्रहरीले कुनै जानकारी गराएको छैन । मृत व्यक्ति सडेर गन्हाउने भएपछि स्थानीयले शुक्रबार दिउँसो शव देखेको बताइन्छ ।











