Home मुख्य समाचार बागमती प्रदेशको ३ जना सचिवको संघीय मन्त्रालयमा सरुवा

बागमती प्रदेशको ३ जना सचिवको संघीय मन्त्रालयमा सरुवा


हेटौंडाः बागमती प्रदेशको ३ वटा मन्त्रालयको सचिवहरुको संघीय मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परीषद्को कार्यालय बागमती प्रदेशका सचिब भगिरथ पाण्डे, भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचीव तेजराज भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब शिव वाग्लेको सरुवा गरेको हो ।

सचीव भगिरण पाण्डे संघीय अर्थ मन्त्रालयमा, तेजराज भट्ट खानेपानी मन्त्रालय र शिबकुमार वाग्ले बन तथा वातावरण मन्त्रालयमा सरुवा हुनुभएको हो ।

उहाँहरुको स्थानमा क्रमशः संचार तथा प्रविधी मन्त्रालयका सहसचिव राधिका अर्याल, बन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धुप्रसाद ढुंगाना र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्जिब बराल आउनुहुने भएको छ ।

Exit mobile version