Home मुख्य समाचार विशालराज महतले गरे गौरीटार आइसोलेसनमा फलफुल सहयोग

विशालराज महतले गरे गौरीटार आइसोलेसनमा फलफुल सहयोग

फलफुल हस्तान्तरण गर्दै निर्माण व्यावसायी विशालराज महत


हेटौंडाः हेटौंडा–६ गौरीटारको आइसोलेसनमा फलफुल सहयोग गरिएको छ । नेकपा हेटौंडा उपमहानगरपालिका कमिटी सदस्य एवंम निमार्ण व्यवसायी विशालराज महतले आज गौरीटार आइसोलेसनमा पुगेर फलफुल सहयोग गर्नु भएको हो ।

आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई १० किलो स्याउ, ३ किलो कागती, नरिवल २० वटा लगाएतका फलफुलहरु आइसोलसनका डा. सन्तोष यादवलाई महतले हस्तान्तरण गर्नुभएको हो । महतले पहिले पनि निर्माणाधीन बहुउपयोगी कभर्ड हल लगायत अन्य सामाजिक कार्यहरुमा सहयोग गर्दै आउनुभएको छ ।

Exit mobile version