सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडा : सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपाललाई लायन्स क्लब अफ हेटौँडा बजार ग्रिनसिटीले खाद्यान्न सहयोग गरेको छ । मामाघर नेपालमा रहेका बालबालिकाका लागि लायन्सले खाद्यान्न सहयोग गरेको हो ।

आइतबार क्लबका अध्यक्ष दीपेशमणि भण्डारी, कार्यक्रम संयोजक राजदेव बनियाँ, कार्यक्रम व्यवस्थापक दीपक बर्णवाल, क्लबका पूर्वअध्यक्ष राजेश वाग्लेको टोली मामाघर नेपाल पुगेर खाद्यान्न सहयोग गरेको हो । क्लबले सेवा सप्ताह अन्तर्गत सहयोग गरेको पूर्वअध्यक्ष वाग्लेले बताउनु भयो । क्लबले विगतमा पनि अक्सिजन बैंक, सडकआश्रितलाई मानवलाई पनि निशुल्क भोजन सेवा गरेको थियो ।