हेटौंडाः कोरोना सङक्रमणपछि हेटौंडा–६, गौरिटार आइसोलेसनमा उपचाररत महिलाहरुलाई नेपाल रेडक्रस सोसाइटी मकवानपुरले सहयोग गरेको छ । आइसोलेसन वार्डमा उपचाररत १५ जना महिलालाई सरसफाईका सामग्रीको सेट प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका मन्त्री खेमराज सापकोटाले जानकारी दिनुभएको छ ।
रेडक्रसले ४ थान तौलिया, डेढ दर्जन साबुन, सेनेटरी प्याड, ब्रस, टुथपेस्ट, भित्री कपडासहितको सेट १५ जना महिलाहरुलाई हस्तान्तरण गरेको हो । यस्तै रेडक्रसले एउटा हात धुने स्टेशन पनि स्थापना गरिदिएको छ । सहयोग हस्तान्तरणका लागि रेडक्रस मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।