हेटौंडाः लायन्स क्लब अफ मकवानपुर डायमण्ड, लियो क्लब अफ मकवानपुर डायमण्ड र क्याफटेरिया रेस्टुरेन्टका सञ्चालक दिनु पौडेलले संयुक्त रुपमा हेटौंडा–६, गौरीटारस्थित आइसोलेसनमा सहयोग गरेका छन् । आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितहरुलाई १४० प्लेट मःमः, १० केजी कागती र ४० केजी गुर्जो आज सहयोग गरिएको छ ।

गौरीटार आइसोलेसनका इन्चार्ज डा. सागर काफ्ले, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, ६ नम्बर वडा अध्यक्ष अर्जुन चौलागाईकों उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको लायन्स क्लब अफ मकवानपुर डायमण्डका अध्यक्ष गौतम केसीले जानकारी दिनुभयो । यसअघि पनि लायन्स क्लब अफ मकवानपुर डायमण्डले ५० कार्टुन पानी सहयोग गरेको थियो ।