हेटौंडाः मनहरी गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित भई आइसोलेसनमा उपचाररत ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हिजो मंगलबार प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार आइसोलेसनमा उपचाररत ८ जना कोरोना भाइरस सङ्क्रमित मध्ये ४ जना कोरोना सङ्क्रमणमुक्त भएको पाइएको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सङ्क्रमणमुक्त भएकाहरुको आरडीटी विधिबाट एन्टीबडी बने नबनेको अवस्था परीक्षण गर्नुका साथै छातीको एक्सरे समेत गरेर स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गरिने सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकामा हालसम्म २१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएकोमा यसअघि १३ जना निको भइसकेका छन् । आज ४ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या १७ जना पुग्नेछन् । मनहरी गाउँपालिकाले एउटा क्वारेन्टिन र एउटा आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ ।