हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका ३३ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । भदौ २ गते सङ्कलन गरिएको स्वाब नमूनाको आज प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिकाका ३३ जना र मकवानपुरगढी गाउँपालिकाका एकजना गरी ३४ जनामा सङ्क्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभएको छ । उहाँका अनुसार हेटौंडाका स्थायीवासी ३१ जना र बारा र पर्सा स्थायी ठेगाना भई हेटौंडामा कार्यरत दुईजना गरी कुल ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज सङ्क्रमण पुष्टि हुनेमा हेटौंडा १ का ५ जना, हेटौंडा २ का ६ जना, हेटौंडा–४ का ६ जना, हेटौंडा–५ का ५ जना, हेटौंडा–६ का १ जना, हेटौंडा–९ का ३ जना, हेटौंडा–१० का १ जना, हेटौंडा–११ का २ जना, हेटौंडा–१५ र १६ का १/१ जना छन् ।