हेटौंडाः हेटौंडा–४, कभर्डहलस्थित मकवानपुर जिल्ला तेक्वान्दो सङ्घको कार्यालयमा गएराति तोडफोड भएको छ । कार्यालयको दराज, टेबुल, घर्रा तोडफोड भएको प्रहरीले जनाएको छ । लागूपदार्थ दुब्र्यसनिहरुले यस्तो कार्य गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्यपि प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य गरिरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।