हेटौंडाः फुटबल खेलका लागि नेपालका राष्ट्रिय प्रशिक्षक कुमार कटुवालले हेटौंडा–५ मा निर्माणाधीन बहुउपयोगी कभर्ड हलका लागि १० हजार एक सय रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौंडाकै स्थायीवासी प्रशिक्षक कटुवालले सोमबार सहयोग रकम प्रदान गर्नुभएको हो ।
![](http://samriddhasamaj.com/wp-content/uploads/2020/08/118415416_3695838333779073_4698289024008245039_n.jpg)
पिप्ले युवा क्लबको अग्रसरतामा कभर्डहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न संघ, सस्था तथा व्यक्तिको सहयोगमा कभर्डहल निर्माण कार्य भइरहेको छ ।