हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज एक सय ११ वटा स्वाब नमूना सङ्कलन गरेको छ । आज सङ्कलन गरिएको स्वाब नमूनामा ११ वटा स्वाब कोरोना सङ्क्रमितको पुनः परीक्षणका लागि हो भने एक सय वटा स्वाब नयाँ व्यक्तिको भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभए को छ ।

यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले पनि आज ५३ वटा स्वाब नमूना सङकलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाएको छ । मनहरी गाउँपालिकाले यसअघि दुईपटक पठाएको स्वाबको परीक्षण रिपोर्ट प्राप्त हुन बाँकी रहेको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभएको छ । यसअघि मनहरी गाउँपालिकाबाट भदौ ५ गतेको २४ वटा स्वाब नमूना र भदौ ७ गतेको ७६ वटा स्वाब नमूनाको रिपोर्ट आउन बाँकी छ ।