हेटौंडाः पुष्पलाल मित्रता केन्द्र जिल्ला समिति मकवानपुरले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र हेटौंडामै आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । रगतको अभाव भइरहेको अवस्थामा पुष्पलाल मित्रता केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । पुष्पलाल केन्द्र स्थापना भएपछिको पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष मदनकुमार दाहालले जानकारी दिनुभयो ।

यस्तै हिजो सोमबार लियो क्लब अफ हेटौंडाले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । हिजो रक्तसञ्चार केन्द्रमा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । हिजो र आज २ दिनमा हालसम्म ८२ जनाले रक्तदान गरिसकेका छन् ।

जारी निषेधाज्ञामा रक्तदानका कार्यक्रमहरु हुन नसकेपछि रगतको अभाव देखिन सुरु भएको छ । मकवानपुरमा रगतको अभाव हुन नदिन स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर अहिले रक्तसञ्चार केन्द्रमै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।