ओभरलोड ढुवानी गर्ने ट्रिपरहरु ।

हेटौँडा : अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न एवम् ओसार पसार गर्ने तथा ओभरलोड ढुवानी गर्ने सवारी साधनहरु कारबाहीमा परेका छन् । सोमबार यस्ता गतिविधिमा संलग्न १० वटा टिप्पर र ३ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

नियन्त्रण लिएका सवारी साधनहरुमा बा प्र ०३–००१ त ५०, ना ६ त ११६२ र लु ५ त ४० नम्बरका तीन वटा ट्रयाक्टर रहेको छ भने ना ७ ख ६३९२, बा प्र ०३–००१ ख १४६५, बा प्र ०३–००१ ख १४६४, प्र २–०३–००१ ख ३७८७, बा प्र ०३–००१ ख ३७०७, बा प्र ०३–००१ ख ३५७, बा प्र ०३–००१ क ०४७१,ना ८ ख ४३२४, बा प्र ०३–००१ ख १२०० र ना ७ ख २६६७ नम्बरका १० वटा टिप्पर रहेको छ ।