Home मुख्य समाचार अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न तथा ओभर लोड सवारी साधन प्रहरी नियन्त्रणमा

अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न तथा ओभर लोड सवारी साधन प्रहरी नियन्त्रणमा

ओभरलोड ढुवानी गर्ने ट्रिपरहरु ।

हेटौँडा : अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न एवम् ओसार पसार गर्ने तथा ओभरलोड ढुवानी गर्ने सवारी साधनहरु कारबाहीमा परेका छन् । सोमबार यस्ता गतिविधिमा संलग्न १० वटा टिप्पर र ३ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

नियन्त्रण लिएका सवारी साधनहरुमा बा प्र ०३–००१ त ५०, ना ६ त ११६२ र लु ५ त ४० नम्बरका तीन वटा ट्रयाक्टर रहेको छ भने ना ७ ख ६३९२, बा प्र ०३–००१ ख १४६५, बा प्र ०३–००१ ख १४६४, प्र २–०३–००१ ख ३७८७, बा प्र ०३–००१ ख ३७०७, बा प्र ०३–००१ ख ३५७, बा प्र ०३–००१ क ०४७१,ना ८ ख ४३२४, बा प्र ०३–००१ ख १२०० र ना ७ ख २६६७ नम्बरका १० वटा टिप्पर रहेको छ ।

Exit mobile version