सुमन तामाङको साथबाट बरामद भएको लागूऔषध गाँजा ।

हेटौँडाः प्रतिबन्धित लागूऔषध गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २० वर्षीय सुमन तामाङ पक्राउ परेको छ । मंगलबार मध्यान्ह १ बजेको समयमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातामाटेमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग २ ख १५६० नम्वरको यात्रु बाहक बसबाट तामाङ पक्राउ परेको हो । उनले बोकेको झोलाबाट ६ किलो ७६० ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीको भनाइ छ । मकवानपुर जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।