हेटौंडाः बकैया गाउँपालिका–४ स्थित एक परिवारका तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उनीहरुसँगको सम्पर्कका आधारमा स्वाब नमूना सङ्कलन गरी गरीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस सङ्क्रमण नभएको पाइएको छ ।
केहीदिनअघि सङकलित ७३ जनाको स्वाब नमूनाको परीक्षण रिपोर्ट आज बिहान मात्रै आएको हो । हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको छ ।