Home मुख्य समाचार बकैयाका ७३ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

बकैयाका ७३ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

हेटौंडाः बकैया गाउँपालिका–४ स्थित एक परिवारका तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उनीहरुसँगको सम्पर्कका आधारमा स्वाब नमूना सङ्कलन गरी गरीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस सङ्क्रमण नभएको पाइएको छ ।

केहीदिनअघि सङकलित ७३ जनाको स्वाब नमूनाको परीक्षण रिपोर्ट आज बिहान मात्रै आएको हो । हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको छ ।

Exit mobile version