बागथली वारियर र हेटौँडा क्रिकेट एकेडेमीकका खेलाडीहरुको सामुहिक तस्वीर ।

हेटौँडा : हेटौँडामा पहिलो संस्करणको सहिद स्मारक प्रिमियर लिग सुरु भएको छ । बागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौँडा क्रिकेट एकेडेमीको मैदानमा शनिबारदेखि प्रतियोगिता सुरु भएको खेल संयोजक सुदिप श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबार प्रतियोगिताको उद्घाटन खेलमा बागथली वारियरले हेटौँडा क्रिकेट एकेडेमीको टिमलाई ९१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । सुरुमा ब्याटिङ्ग गरेका बागथली वारियरले हेटौँडा एकेडेमि सामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बागथलीले निर्धारित २० ओभरमा ४ विकट गुमाएर २ सय २ रन जोडेको थियो । बागथलीका ब्याटिङ्गतर्फ समिर चौलागाईले सर्वाधिक ७१ रन बनाएका थिए । यस्तै बलिङ्गमा समिर चौलागाई र मन्दिप श्रेष्ठले समान ३÷३ विकेट लिएका थिए ।

लक्ष्य पछ्याएको हेटौँडा एकेडेमीको टिमले १६.३ ओभरमा १ सय ११ रनमै अलआउट हुन पुगेको थियो । हेटौँडा एकेडेमीका दक्ष चौधरीले सवार्धिक ३६ रन र विशाल पटेल १७ रन बनाएका थिए भने निश्चल रोका र मोहम्द इस्माईलले १÷१ विकेट लिएका थिए । उत्कृष्ट अलराउन्डर प्रदर्शन गरेका बागथलीका समिर चौलागाई प्लेयर अफ द म्याच बने ।

प्रतियोगितामा गल्फिनटार किङ, नवलपुर टाइटन्स, बागथली वारियर र थानाभ¥याङ मार्भिक्स गरी हेटौँडा–११ का चार वटा टोली र हेटौंडा एकेडेमीको सहिभागिता रहेको छ । हेटौंडा एकेडेमी आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागि भएको आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम खेल मंसिर २७ गते हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः ५० हजार र २५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छ । प्रतियोगिताको उद्घाटन समारोहमा हेटौँडा–११ को वडा अध्यक्ष जुना दहाल प्रमुख आतिथ्यता रहेको थियो भने सरस्वति टोल विकासका अध्यक्ष गोकुल बिडारी विशिष्ट आतिथ्यता रहेको थियो ।