हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्र्तगत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले बिल–बिजकमा उल्लेखित गरिएको भन्दा फरक सामानसहित एक जनालाई पक्रमउ गरेको छ । शुक्रबार बिहान ८ बजेर ३० मिनेटको समयमा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना. ८ ख. २७१९ नम्बरको ट्रकलाई सुरक्षा जाँच गर्दा बिल बिजक भन्दा फरका सामान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ ।
ट्रकबाट ६ लाख ८८ हजार बराबरका सामान बिल–बिजक भन्दा फरक सामन फेला पारे पछि चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रक चालक हेटौँडा–९ का २४ वर्षीय निशान बिक रहेका छन् । प्रहरीले चालकसहित सामानलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाएको छ ।











