Home मुख्य समाचार चोरीको मोटरसाइकल प्रयोग गर्ने हेटौँडा–१५ का अभिषेक पक्राउ

चोरीको मोटरसाइकल प्रयोग गर्ने हेटौँडा–१५ का अभिषेक पक्राउ

वाईबाको साथबाट बरामद भएको चोरीको मोटरसाइकल ।

हेटौँडा : चोरीको मोटरसाइकल प्रयोग गरेको अभियोगमा हेटौँडा–१५, भोर्लेका २१ वर्षीय अभिषेक वाईबा पक्राउ परेका छन् । प्रहरीले बिहीबार हेटौँडा–७, हरियालीबाट वाईबालाई बा ४० प ४२९५ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा कागजपत्र नभएको भनी नियन्त्रणमा लिएको मोटरसाइकल चोरीको भएको पाइएको प्रहरीको भनाई छ । प्रहरीले वाईबाको साथबाट नियन्त्रणमा लिएको मोटरसाइकल जेन जी आन्दोलनको क्रममा काठमाडौंस्थित केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका हेटौँडा–१५, भोर्लेका २६ वर्षीय राजेश खातीले चोरी गरेर वाईबालाई बिक्री गरेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले खातीलाई भने केही समय अगाडि नियन्त्रणमा लिउर कारागार कार्यालयमा पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।