हेटौँडा : नेपाल रेडक्रस सोसाइटी मकवानपुरको आयोजना एवम् जुनियर रेडक्रस सर्कल शारदा माविको व्यवस्थापनमा आयोजित जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा जीएस निकेतनले शारदा माविलाई २०–२५, २५–२३, २५–२०, २५–१७ ले पराजित गर्दै उपाधी जितेको हो । उपाधी जित्दै जीएस निकेतनले नगद रु ५० हजारसहित रनिङ्गसिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो हुने शारदा माविले नगद रु ३० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तथा सान्त्वना हुने प्रजा जागृति मावि र सुन्दरीदेवी माविले नगद रु १५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा विजेता, उपविजेता टोलीलाई नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री एवम् जिल्ला जुनियर युवा सामितिको संयोजक शिवहरि दाहाल, जिल्ला सदस्य पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, मकवानपुर गढी–५ का वडा अध्यक्ष दिपेश दाहाल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जिएसका अमित मिश्र, उत्कृष्ट प्रशिक्षक जीएसका इश्वर लामिछाने, उत्कृष्ट डिफेन्डर जीएसका आयुशा सिंह, उत्कृष्ट सेटर जीएसका विनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर शारदाको आशिष घलान घोषित भए । प्रतियोगितामा मकवानपुर जिल्लाभरका २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।











