सम्मान ग्रहण गर्नुहुँदै सहकारीका अध्यक्ष हरिप्रसाद पौडेल ।

हेटौँडा : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभाको अवसरमा हेटौँडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ ।

बैंकले हालेमालोलाई बचत तथा ऋणको कारोबार गर्ने बागमती प्रदेशका सदस्य संस्थाहरु मध्ये उत्कृष्ट प्रादेशिक सदस्यको रुपमा सम्मान गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न साधारणसभामा सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलले सम्मान ग्रहण गर्नुभएको सहकारीकी व्यवस्थापक रमला कुमारी सापकोटाले जानकारी दिनुभयो । हेटौँडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थामा तीन हजार ८२ जना सेयर सदस्य छन् ।

६ करोड ७४ लाख रुपैयाँ सेयर पुँजी भएको सहकारीले ५८ करोड ४१ लाख रुपैयाँ बचत संकलन गरेको छ । यस्तै सहकारीले ५६ करोड ६९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको तरलता १२ करोड ९५ लाख (२२.८१ प्रतिशत) रहेको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो ।