हेटौंडाः बकैया गाउँपालिका–५ स्थित गीतावर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बकैया–५, राजदमार निवासी हाल कुवेत बस्नुहुने शर्मिला थिङले विद्यार्थीहरुलाई कपडा सहयोग गर्नुभएको हो ।
थिङले पठाउनु भएको न्यानो कपडाहरु शुक्रबार एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थीलाई वितरण गरिएको गीतावर आधारभूत विद्यालयका प्रधानाध्यापक हरिहर खनालले जानकारी दिनुभयो । आफ्नो समुदायमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा नभएर पढाइमा समस्या नहोस् भन्ने उद्देश्यका साथ विद्यार्थीहरुलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक खनालले जानकारी दिनुभयो । थिङ डेढ वर्ष अगाडि रोजगारीको लागि कुवेत जानुभएको थिय










